Section 16
स्वास्थ्य संस्थाको दायित्व
: (१) प्रत्येक स्वास्थ्य संस्थाले योग्य सेवा प्रदायकबाट मात्र स्वास्थ्य सेवा प्रदान गर्नु पर्नेछ।
(२) प्रत्येक स्वास्थ्य संस्थाले कुनै पनि रोगको सङ्क्रमण नहुने र रोक्ने तर्फ आवश्यक सुरक्षात्मक उपायको अवलम्बन गर्नु पर्नेछ।
(३) प्रत्येक स्वास्थ्य संस्थाले आफूले उपलब्ध गराएको स्वास्थ्य सेवासँग सम्बन्धित देहायको सूचना प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्नेछः-
(क) उपलब्ध स्वास्थ्य सेवा, सोको प्रकृति, लाग्ने अनुमानित समय र लागत,
(ख)   कार्य सञ्चालन तालिका र चिकित्सक वा स्वास्थ्यकर्मीको समय तालिका,
(ग)   स्वास्थ्य सेवामा पहुँच स्थापित गर्ने कार्यविधि,
(घ)   गुनासो व्यवस्थापन सम्बन्धी कार्यविधि।